aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विश्वकै उत्कृष्ट बन्यो नेपालको कृषि सहकारी केन्द्रीय संघ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
विश्वकै उत्कृष्ट बन्यो नेपालको कृषि सहकारी केन्द्रीय संघ

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) अवार्ड २०२३ प्राप्त गरेको छ । बिहिबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलन सो अवार्ड प्राप्त भएको जानकारी दिएका हुन् । 

संघका अध्यक्ष खेम पाठकले एफएओ युएनले महासंघका सदस्य संघलाई विश्वभरका आफ्ना साझेदार संस्थाहरुमध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रुपमा अवार्ड प्रदान गरेको जानकारी दिए । 

उनका अनसार एफएओले संघलाई सहकारी सुशासन कायम, संस्थागत विकास गर्नका लागि क्षमता अभिबृद्धि, साना किसानाका जटिल कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पुयाउन सक्षम भएको, नेपालमा भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गर्न सक्षम भएको भन्दै पुरस्कृत गरेको हो ।

सो अवार्ड ११ बैशाखमा एफएओको हेडक्वार्टर इटलीको रोममा सो अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड लिनका लागि संघका अध्यक्ष पाठक रोम पुगेका थिए ।

साथै सो कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई नेपाल सरकार र एशियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेकोमा वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट अवार्ड प्रदान गरेको समेत संस्थाका सिइओ डा. शिवराम प्रसाद कोइरालाले जानकारी दिए । 

सिइओ डां कोइरालाका अनुसार संस्थाले ग्रामीण उद्यम वित्तिय परियोजनाका लागि ५ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गरी व्यवसायिक कृषि विकासमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस