
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक जनाको परिवारलाई बीमा बापतको पैसा दिएको छ । बैंकले स्थाई ठेगाना कोहलपुर नगरपालिका ११ का जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको हो ।
उनले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका थिए । उनको परिवारले बीमा दाबी भुक्तानी वापत केही राहत पाएका छन् । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।
बैंकले २०८० साल बैशाख १३ गते बुधबारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित एक करोड एक लाखसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।
प्रतिक्रिया दिनुहोस