aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेप्सेमा थपियो दुई कम्पनीको बोनस शेयर, कुनको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
नेप्सेमा थपियो दुई कम्पनीको बोनस शेयर, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार दुई कम्पनीको ७३ लाख भन्दाबढि बोनस शेयरसूचीकृत भएको छ । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र गरिमा विकास बैंकको ७३ लाख ५१ हजार ८११ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनसपछिको १३ लाख ८३ हजार ६७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यस्तै, गरिमा विकास बैंकको १३ प्रतिशत बोनसपछिको ५९ लाख ६८ हजार १३५ दशमलव ५५ कित्ता शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ । उक्त शेयर हिग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

प्रतिक्रिया दिनुहोस