
काठमाडौं । कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सले कम्पनीको ४.४१ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार बैंकको शेयरमूल्य २८८.१० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३००.८० रुपैयाँमा भएको थियो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस