काठमाडौं । बैंकहरुले ब्याजदर घटाएपछि आर्थिक गतिविधि बढ्न थालेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन । मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको उनले बताए । गभर्नर अधिकारीले भने, अहिले निक्षेप र आधारदर घट्यो यो वर्ष बैंक तथा वित्तीय संस्थाको संख्या पनि घटे अब १ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी छ ।
उनले यो वर्ष बैंकको कार्यसम्पादन उत्कृष्ट बनाउन विनियमावली संशोधन गरेको बताए । १० बिलासी बस्तुको आयात रोकेको र राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए ।
अहिले शोधानान्तर र विदेशि विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए । नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस