aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

राष्ट्र बैंकले २७ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
राष्ट्र बैंकले २७ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) २७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १३ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० जेठ १६ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० साउन १६ गते, १८२ दिन अवधिको २०८० कात्तिक १४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ बैशाख १८ गते  परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ८ अर्ब ६० करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ४ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले साेमबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस