aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गोदावरी नगरपालिका कैलालीस्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त काउन्टर आइतबारबाट सञ्चालनमा ल्याएको हो ।  

बैंकले गोदावरी नगरपालिका कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो ।  

उक्त एक्स्टेन्सन् काउन्टर  विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।  

प्रतिक्रिया दिनुहोस