
काठमाडौं । कुमारी बैंक लिमिटेडले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर बैंशाख १९ गते देखि लिलामीमा विक्री गर्ने भएको छ । उक्त संस्थापक शेयरमा कम्पनीका संस्थापक शेयरधनीसँगै अन्य इच्छुक ब्याक्ति फर्म,कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ११९ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले जेठ २३ गते सम्म आवेदन सक्ने कम्पनीले जानकारी दिएको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल कमलादी काठमाडौंमा खोलिनेछ ।
प्रतिक्रिया दिनुहोस