
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १५ जना संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको कुल ११ लाख ११ हजार ७१९ कित्ता शेयर विक्री खुला गरेको छ । बैंकले वैशाख १९ गते यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूमा ३५ दिने सुचना जारी गरेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका संस्थापकहरूले शेयर विक्रीमा निरन्तरता दिईरहेको अवस्थामा यस बैंकले पहिलो पटक यतिधेरै सदस्यको नामको शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस