
आरएसडिसी लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेड (RSDC Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा ४ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ८५ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको सोहिअवधिमा नाफा २ करोड ३० लाख कमाएको थियो ।
६३ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा १४ करोड ७८ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले कर्जामा ५६ दशमलव १६ प्रतिशतले वृद्धि गरी २ अर्ब २९ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ८४ दशमलव ४४ प्रतिशतले बढेर ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७७ दशमलव ७७ प्रतिशतले बढेर ६ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ९ दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४० दशमलव ०५ गुणा, प्रतिशेयर नेटवर्थ १२३ दशमलव ३४ रुपैयाँ, तरलता अनुपात ८ दशमलव ७९ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ३० प्रतिशत र जोखिम युक्त सम्पत्ति ३३ दशमलव ९७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस