aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सुमेरु सहकारीका सञ्चालकको याचनाः घरजग्गामा पैसा फस्यो, धैर्य गर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ बैशाख २०८०
सुमेरु सहकारीका सञ्चालकको याचनाः घरजग्गामा पैसा फस्यो, धैर्य गर्नुहोस्

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरु नभागेको दावी गरेका छन् । संस्थाले मंगलबार एक विज्ञप्ति जारी गर्दै सञ्चालक नभागेको दावी गरेको हो ।

आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न महत्वपूर्ण र कठोर निर्णय गरेको संस्थाले जनाएको छ । ‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गदछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

आर्थिक मन्दी र तरलताको अभावको प्रत्यक्ष असरका कारण संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको घर जग्गाको खरिद बिक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय भएको कारणले संस्थाले हाम्रा निक्षेपकर्ताको निक्षेप फिर्ता र व्याजको भुक्तानी नियमानुसार गर्न नसकेको संस्थाको भनाई छ ।

यसका साथै सदस्यहरुको निक्षेप सुरक्षित गर्न संस्थाबाट प्रवाह भएको ऋणको असुली सुमेरु ग्रुप भित्र रहेको विभिन्न कम्पनीको शेयर एवं जग्गामा शेयर वितरण गर्ने एवं कम्पनीको नाममा रहेको घर जग्गा बिक्री वितरण गरी यथाशिघ्र छिटो निक्षेप सुरक्षित गर्ने मूल अभियानमा लागेको समेत संस्थाले जनाएको छ । घरजग्गामा पैसा फसेपछि तत्काल बचत फिर्ता गर्न नसकेको स्वीकार गर्दै बचतकर्ताहरुलाई धैर्य गर्न संस्थाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस