aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज पाउण्ड र युरोको नेपाली मूल्य घट्यो, अरु देशको के छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० बैशाख २०८०
आज पाउण्ड र युरोको नेपाली मूल्य घट्यो, अरु देशको के छ अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३२ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस