aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

३ अर्बको ऋणपत्र जारी गर्न सनराइज बैंकले माग्यो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
३ अर्बको ऋणपत्र जारी गर्न सनराइज बैंकले माग्यो अनुमति

काठमाडौं । सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धिताेपत्र  बोर्डसँग अनुमति मागेको छ  । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हाे ।

यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस