
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २० गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ६२ पैसा र बिक्री दर १३१ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १६४ रुपैयाँ १० पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६२ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस