aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कामना बैंक र मनकामना अस्पतालबीच सम्झौता, विशेष छुट पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
कामना बैंक र मनकामना अस्पतालबीच सम्झौता, विशेष छुट पाइने

काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष छुट पाउने भएका हुन् । 

कामना बैंकका ग्राहकहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।  

बैंकसंग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ  ।   
 

प्रतिक्रिया दिनुहोस