_20230504135038.jpg)
काठमाडौं । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । बैंकिङ्ग पहुच नपुगेका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले यस बैंकले थप दुई शाखारहित सेवा विस्तार गरेको छ ।
बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरिएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ ।
बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका श्री करम सिंह राना र देवलदिव्यपुरका श्री नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस