aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले एक हजार रुपैयाँ  अङ्कित दरका १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेको हो । 

४० लाख ४० हजार बराबरको ऋणपत्र निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । यसबारे एक सम्झौता भएको हो । 

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस