aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनआइसी एसिया बैंकद्वारा ऋणीको सम्पत्ति हड्प्न ३७ जना कानुन व्यवसायी 'हायर'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ बैशाख २०८०
एनआइसी एसिया बैंकद्वारा ऋणीको सम्पत्ति हड्प्न ३७ जना कानुन व्यवसायी 'हायर'

काठमाडौं । एक जना ऋणीका विरुद्धमा एनआइसी एसिया बैंकले ३७ जना कानुन व्यवसायी हायर गरेको छ भन्ने सुन्दा अचम्म नपर्ने कोहि पनि नहोलान । ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिको काठमाडौं महानगर पालिका वडा ४ धापासी हाइटमा रहेको जग्गा हड्प्न एनआईसी एशिया बैंकले ३७ जना कानुन व्यवसायी हायर गरेको हो । बैंकले २०७० सालदेखि गैरकानुनी तरिकाले आफ्नो नाममा ल्याएको धापासीस्थित करोडौको जग्गा फिर्ता ल्याउन ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । 

ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिले जग्गा धितो राखेर १४ करोड लिएकामा १० बर्षदेखि उक्त जग्गा एनआईसी बैंकले २ अर्ब ५० लाख बराबरको जग्गा नै  सकारेर आफ्नै कार्यालय सञ्चालन गर्दै आएको छ । यो बैंक तथा वित्तीय संस्थाले ऋणीको सम्पत्ति हड्प्न पाउने व्यवस्था नै छैन । उक्त जग्गा लिलाम गरेर आफूले लगानी गरेको रकम मात्र उठाउन पाउने कानुनी व्यवस्था रहेको छ ।  

राजधानीको धापासीहाइटमा रहेको २६ रोपनी ९ आना जग्गा अहिले एनआईसी एसिया बैंकले ऋणी ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिको जग्गा आफ्नै नाममा बनाएर अदालतमा मुद्दालाई धकेल्न ३७ जना कानुन व्यवसायी राखेर पेशी सारेको सारै छ पीडितले आर्थिकन्युजसँग बताए  । उक्त जग्गाको मूल्य अहिलेको बजार भाउ अनुसार २ अर्ब ०५ करोडको हाराहारीमा पर्ने बताइन्छ । 

स्रोतका अनुसार एनआइसी एसिया बैंकले गैरकानुनी तरिकाले पैसाको बलमा ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिको नाममा रहेको अर्बौको जग्गा आफ्नो नाममा बनाएर ३७ जना कानुन व्यवसायीलाई मोटो रकम दिएर पालि रहेको बैंकका एक सञ्चालकले बताए । उनले भने, ‘यता ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिको जग्गा कुर्न २५ जना सुरक्षा गार्ड राखेको छ भने ३७ जना कानुन व्यवसायीलाई हरेक महिना मोटो रकम दिएर पालिरहेको छ ।’ 

बैंकले २०७६ सालदेखि नै कानुन व्यवसायीहरु राधवलाल वैद्य, चन्द्रबहादुर शाही, गोपालकृष्ण घिमिरृे,जयलाल त्रिपाठी,रितेश पौडेल, जवज सुवेदी, चण्डेश्वर श्रेष्ठ, सम्भु थापा, मनोज अधिकारी, बद्रीबहादुर कार्की,श्याम खरेल, भरतबहादुर थापा, रामराजा सुवाल, बसन्तराज भण्डारी, रमेश कोइराला,पूर्णमान शाक्य,तिलक सम्शेर, उत्तम पाठक, शम्भु केसी लगायत ३७ जना कानुन व्यवसायीहरु बैंकले महगो रकम तिरेर हायर गरिरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस