
काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित Quest International College अन्तगर्तको Quest Social Clubका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकको सहकार्यमाQuest International College अन्तगर्तकोQuest Social Clubका बिधार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस