aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

लक्ष्मी बैंकद्धारा दिप श्रेष्ठ कोष स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
लक्ष्मी बैंकद्धारा दिप श्रेष्ठ कोष स्थापना

काठमाडौं । लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक  दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ ।

 कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुलागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने बैंकले जनाएको छ । 

उक्त विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस