aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको १२ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८ करोड रुपैयाँ गरी कुल ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० जेठ २३ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते, १८२ दिन अवधिको २०८० कात्तिक २१ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ बैशाख २५ गते  परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १३ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस