aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट

काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी प्रदेश,  रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका नारायण पथ, वडा नं. ७ स्थित  भैरहवा नयाँ भवनबाट शुरु भएको छ । आईतबार देखि सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५० मिटर दक्षिण तर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवातथा कारोबारहरु सञ्चालन गरेको छ । 

उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत  सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफकमर्शका अध्यक्ष  ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरिक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

सो कार्यक्रममासिद्धार्थनगर नगरपालिकाका मेयर  इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा व्यक्त गरे । 

 बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवातथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्षदेखि निरन्तर रुपमा बैंक संग आबद्ध ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस