aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

'राष्ट्र बैंकले व्यवसायीका स्वार्थका विषय नसुन्ने'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
'राष्ट्र बैंकले व्यवसायीका स्वार्थका विषय नसुन्ने'

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो इन्ट्रेस्टका मागहरु सम्बोधन भएनन् भन्दैमा हाम्रा कुरा सुनिएनन् भन्नु गलत भएको बताएका छन । उनले भने, राष्ट्र बैंकले मौद्रिक सिद्धान्तलाई आधार मानिर मौद्रिक नीति बनाउने भएकाले माग गर्नेहरुको सबै माग पुरा हुन्छन् भन्ने होइनन त्यसैले आफ्ना माग पुरा नहुदैमा राष्ट्र बैंकले लिएको नीति गलत भन्दै हिड्न ठिक होइन ।  त्यसैले राष्ट्र बैंकले व्यवसायीका स्वार्थका विषय नसुन्ने उनले बताए। 

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै गभर्नर अधिकारीले सबै क्षेत्रको निकै धेरै अपेक्षा बढेको तर क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताए ।

राज्यले नै सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्दा समग्र वित्तीय प्रणाली संकटमा पर्ने बताए । मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीको हितमा आएका सुझाव अनुसार नै नीतिगत निर्णय गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस