aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

वोमी लघुवित्तको अवितरित हकप्रद लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
वोमी लघुवित्तको अवितरित हकप्रद लिलामीमा

 काठमाडौं । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद लिलामीमा विक्री हुने भएको छ । कम्पनीले संस्थापकतर्फको ७६ हजार ७०३ दशमलव ८० कित्ता तथा सर्वसाधारणतर्फको ४६ हजार ५०९ दशमलव २० कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो । लिलामी शेयरमा आवेदन दिनको लागि असोज ६ गतेदेखि १३ गतेसम्म अवधि तोकिएको छ । 

यसअघि कम्पनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस