aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिटिजन्स बैंकका ग्राहकले अन्नपुर्ण केवल कारमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
सिटिजन्स बैंकका ग्राहकले अन्नपुर्ण केवल कारमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा स्थित अन्नपुर्ण केवल कार प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अन्नपुर्ण केवल कारमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरा स्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्ने ग्राहकहरुका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस