
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै कर्जा प्रवाह गर्दा आधार दर तथा ब्याजदरबारे नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई नयाँ निर्देशन जारी गरेको हो ।
नयाँ व्यवस्था अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई वेबसाइटमा प्रकाशित गर्नु पर्ने व्यवस्था गरेको छ । त्यस्तै, कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा ऋण प्रवाह गर्न नपाइने व्यवस्था बनाएको छ ।
त्यसैगरि, कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्न पर्ने निर्देशनमा उल्लेख छ । साथै पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने व्यवस्थाले बाधा नहुने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा जनाइएको छ ।
यसरी पछिल्लो तीन महिनाकोऔसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ । परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर ब्याकिङ सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु ब्याबस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस