aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अष्ट्रेलियन डलर ९० को नजिक, अरु कुन देशको कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
अष्ट्रेलियन डलर ९० को नजिक, अरु कुन देशको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १६६ रुपैयाँ १३ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ २ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८९ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस