aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सिर्जना फाइनान्सको हकप्रद असोज १७ गतेदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
सिर्जना फाइनान्सको हकप्रद असोज १७ गतेदेखि विक्रीमा

 काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको हकप्रद शेयर असोज १७ गतेदेखि विक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट साउन २० गते स्वीकृति पाएसँगै कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले असोज ५ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ६ को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, कम्पनीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हाल चुक्तापूँजी ४६ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी  ७३ करोड ७२ लाख रुपैयाँ पुग्नेछ । 


 

प्रतिक्रिया दिनुहोस