
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव संशोधन गरेको छ । यस अघि कम्पनीले ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीको कात्तिक १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट चुक्तापूँजी रू. १६ करोडका आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो । कम्पनी १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
१५ प्रतिशत लाभांश वितरणपछि बाँकी सम्पूर्ण रकम मुनाफा कोषमा रहिरहने र सो कोषबाट आगामी आर्थिक वर्षहरूमा लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ
। कम्पनीले अब चुक्तापूँजी रू. १६ करोडको आधारमा रू. २ करोड २८ लाख बराबरको बोनस शेयर र रू. १२ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संशोधित यो लाभांश पनि नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस