aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कामना सेवा विकास बैंकको मुनाफामा सामान्य गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
कामना सेवा विकास बैंकको मुनाफामा सामान्य गिरावट

कामना सेवा विकास बैंक लिमिटेड (Kamana Sewa Bikas Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा २१ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव २ प्रतिशतले नाफा घटेको हो । गत आवको सोहिअवधिमा नाफा २२  करोड ८१ लाख कमाएको थियो ।

२ अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कामना सेवा विकास बैंकले जगेडाकोषमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ छुटाएको छ । 

बैंकले निक्षेपमा २० अर्ब २७ करोड ५५ लाख रुपैयाँ संकलन गरि कर्जामा १७ अर्ब ९० करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । 
बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ७४ प्रतिशत बढेर ५९ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने २ दशमलव ७ प्रतिशतले घटेर ३३ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ११ दशमलव ३० रुपैयाँ, मुल्य आम्दानी अनुपात १२ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १४५ दशमलव ०४ रुपैयाँ, तरलता अनुपात २६ दशमलव ४६ प्रतिशत, निष्कृय कर्जा अनुपात १ दशमलव ०७ प्रतिशत र जोखिम युक्त सम्पत्ति १९ दशमलव १५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस