
काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको २० लाख ४० हजार ९९७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले नेपाल ल्यूव आयल लिमिटेड, ज्योति विकास बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार नेपाल ल्यूव आयल लिमिटेडको ९७ हजार ५६४ कित्ता, ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५ दशमलव ९९ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ लाख ६३ हजार १०७ दशमलव १९१२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अब यी तीनओटै कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । ग्लोबल आइएमई लघुवित्तले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यस्तै ज्योति विकास बैंकले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर र नेपाल ल्यूव आयलले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस