aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नेपाल एग्रो लघुवित्तको लाभांश परिमार्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
नेपाल एग्रो लघुवित्तको लाभांश परिमार्जन

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले नगद लाभांशको सट्टा बोनस दिने भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांशलाई परिमार्जन गर्दै १५ प्रतिशत बोनस दिने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले सो निर्णय गरेको हो । 

कम्पनीको वार्षिक हिसाब नेपाल राष्ट्र बैंकले अध्ययन गर्दा पुँजी कोषमा पर्याप्त नगद नदेखिएकाले १५ प्रतिशत बोनस दिन निर्देशन दिएसँगै कम्पनीले बोनस प्रस्ताव गरेको हो ।  

कम्पनीले बोनस शेयरको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लभांश दिने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९७ लाख रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको पँुजी ५ करोड ७२ लाख ४३ हजारभन्दा बढी पुग्नेछ । कम्पनीको जगेडा कोषमा १ करोड ७३ लाख रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस