
काठमाडौं । सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले ठगिएको रकम वापतको जग्गा पाउने भएका छन् । समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको स्वामित्वमा रहेको चितवन जिल्ला साविक भण्डारा ६ (हाल राप्ती नगरपालिका ६) को तेह्र कठ्ठा जग्गा बाट बचतकर्ताहरुलाई दिन लागिएको समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले जनाएको छ ।
कार्यालयले उक्त सहकारीको स्वामित्वमा रहेको राप्ती नगरपालिका–६ कि.नं. १०९ को १३ कट्ठा जग्गा लिलामीको लागि सूचना प्रकाशित गरेको थियो । तर, तोकिएको मितिभित्र कुनै बोलपत्र कवोल प्रस्ताव नआई लिलाम हुन नसकेकोको कार्यालयले जनाएको छ ।
उक्त जग्गा सोही सहकारी संस्थाका बचतकर्ताहरु मध्ये केही बचतकर्ताहरुले आफ्नो दावी रकमको अनुपातमा सो जग्गा लिई सहकारीको बचत हिसाव मिलान गर्न पाऊँ भनी समितिसमक्ष निवेदन आएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सो सहकारी संस्थाका इच्छुक मागदावीकर्ताहरुले आफ्नो मागदावीको अनुपातमा उक्त जग्गा लिन मञ्जुर भएमा सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सरकारले उक्त सहरकाीलाई २०७५ फागुन १९ गते समस्याग्रस्त सहकारीको रुपमा घोषित गरेको थियो । जस अनुसार सहकारीबाट ठगिएका बचतकर्तामध्ये २४० जनाले माग दाबी गरेका थिए । जसमा कार्यालयले १३३ जनाको बचतफिर्ता गरिसकेको छ भने १०७ जनाको बचत फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
यसअघि कार्यालयले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिसकेको छ । कुवेर बचत तथा ऋण सहकारी संस्था र स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेडका बचतकर्ताको पनि सबै बचत फिर्ता गरेको हो ।
प्रतिक्रिया दिनुहोस