aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा आज सार्वजनिक गरेकाे छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समिक्षा शुक्रबार सार्वजनिक गरेकाे हाे । आर्थिक संकटका कारण समस्यामा परेका बैंक तथा वित्तीय संस्थाका ऋणीलाई राष्ट्र बैंकले  सम्बोधन गरेको छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिने छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि वित्त नीतिमा ठाउँ नभएको भन्दै खुकुलो मौद्रिक नीतिका लागि दबाब दिदै आएका छन् । राष्ट्र बैंकले आज गर्ने मौद्रिक नीतिको समिक्षामा अर्थमन्त्रीले भने जस्तै खुकुलो नीति बनाउँछन भन्ने धेरैले अपेक्षा गरेका छन् ।

उक्त समिक्षा मार्फत राष्ट्र बैंकले अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र रु.५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ । ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’ केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा भनेको छ ।

पूर्णपाठ सहित

प्रतिक्रिया दिनुहोस