
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशत बिन्दुले घटाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई७.५ प्रतिशत कायम गरेको हो ।
बैंकले मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुकोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राखेको जनाएको छ । ब्याजदर करिडोर अन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस