aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मौद्रिक नीतिको तेस्रो समिक्षाले छोएन शेयर बजारलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ बैशाख २०८०
मौद्रिक नीतिको तेस्रो समिक्षाले छोएन शेयर बजारलाई

काठमाडौ‌ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षाले पनि पुँजीबजारलाई सम्बोधन नगरेको देखिएको छ । लगानीकर्ताहरुले निरन्तर रुपमा राख्दै आएको ४/१२ को नीतिलाई राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षामा सम्बोधन नगरेको देखिएको हो । 

बैंकले चालु आवको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा हेरफेर गरेको थियो । बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुदैं आएको शेयर धितो कर्जाको सीमा बढाईएको थियो । 

चालू आर्थिक वर्ष २०७९/८० को लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितोकर्जाको अधिकतम १२ करोडको सीमा यथावत राख्दै एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाटै सो बराबरको कर्जा लिन सकिने व्यवस्था गरेको थियो । गत वर्षको मौद्रिक नीतिमा शेयर धितोकर्जाको सीमा एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म तोकेको थियो ।

तर, लगानीकर्ताहरुले भने मौद्रिक नीति शेयर लगानीकर्ता मैत्री नआएको बताएँदै राष्ट्र बैंकले फुलबुट्टा भरेर मौद्रिक नीति ल्याएको तर्क राखेका थिए । मौद्रिक नीतिको समिक्षा मार्फत आफ्ना मागहरु पुरा हुने अपेक्षा लगानीकर्ताहरुको थियो । तर, राष्ट्र बैंकले लगानीकर्ताहरुको मागलाई भने सम्बोधन नगरेको देखिएको छ । 

नेपाल राष्ट्र बैंकले शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरेको छ । त्यस्तै, शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने समेत मौद्रिक नीतिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस