aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज बेलायती पाउण्डको मूल्य घट्यो, कुन देशको कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
आज बेलायती पाउण्डको मूल्य घट्यो, कुन देशको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ११ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ १९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस