aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अर्को लघुवित्तले पनि कारोबार शुरु गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
अर्को लघुवित्तले पनि कारोबार शुरु गर्यो

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले पनि औपचारिक रुपमा आफ्नो कारोबार शुरु गरेको छ । उक्त लघुवित्त पाटन विजिनेश एण्ड प्रोफेशनल वीमनबाट संचालित लघुवित्त कार्यक्रम नेपाल राष्ट्र बैंकको निर्देशानुसार २०७० सालदेखि शुरु भएको लघुवित्त वित्तीय संस्थामा परिणत हुने प्रक्रिया २०७५सालमा आएर पुरा गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने प्रादेशिक स्तरको इजाजत पत्र २०७५ माघ १७ गते प्राप्त भएपछि एक नयाँ लघुवित्त वित्तीय संस्था बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रिय कार्यालय बनेपामा रहेको छ । उक्त सस्थाको गत २०७५ साल फागुन १८ गते नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका थिए । 

यस लघुवित्त संस्थाको संचालक अध्यक्षमा  अम्बिका लाल श्रेष्ठ सहित  किशोर भाई बज्राचार्य, नीरा जोशी,  सबिन प्रधानाङ्ग र  पुष्प राम श्रेष्ठ रहेका छन् । यस संस्थाको कुल पूँजी २ करोड ९० लाख रुपैयाँ रहेकोमा अहिले ७० प्रतिशतले २ करोड ०३ लाख चुक्ता पुँजी रहेको कम्पनीले जनाएको छ । प्रदेश नं. ३ मा संचालनको अनुमति प्राप्त यस लघुवित्त वित्तीय संस्थामा पाटन विजिनेश एण्ड प्रोफेशनल वीमन संस्थापक सहित ७२ जना प्रमोटर शेयरहोल्डर रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस