
काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात् जेठ १ गते सोमवार देखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू भएको हो ।
यी दुवै क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २६ गते पत्र पठाउँदै सेञ्चुरी क्यापिटललाई प्राप्ति गरी सम्पूर्ण सम्पत्ति र दायित्व सकार्ने गरी प्रभु क्यापिटलको नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।
प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरिसकेका कारण सहायक कम्पनीहरू पनि एक भएका हुन् ।
प्रतिक्रिया दिनुहोस