aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेप्सेमा थपियो चार कम्पनीको ४३ लाख ५६ हजार कित्ता बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
नेप्सेमा थपियो चार कम्पनीको ४३ लाख ५६ हजार कित्ता बोनस शेयर

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा चार कम्पनीको ४३ लाख ५६ हजार ४५१ दशमलव ०३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३ दशमलव १५ कित्ता, साल्ट ट्रेडिङ कर्पोरेशनको २ लाख ५३ हजार ५३१ दशमलव १९ कित्ता, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४ दशमलव ३० कित्ता र मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२ दशमलव ३९ कित्ता गरी कुल ४३ लाख ५६ हजार ४५१ दशमलव ०३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । मिर्मिरे लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै कृषि विकास बैंकले चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर,साल्ट ट्रेडिङ कर्पोरेशनले चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर र स्वाभिमान लघुवित्तले चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस