aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

इन्भेष्टमेन्ट बैंकको शाखा भोजपुरको पौवादुङमामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
इन्भेष्टमेन्ट बैंकको शाखा भोजपुरको पौवादुङमामा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश नं १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । नयाँ खोलिएको विस्तारित काउन्टर गाउँपालिकाको वडा नं ३ स्थित सदरमुकाम च्याङ्ग्रेमा रहेको छ, जुन स्थानीय माग पूरा गर्ने गरि पूर्ण विस्तारित काउन्टरको रूपमा सञ्चालन हुने जनाएको छ । 

नेपाल इनभेष्टमेन्ट बैंकको १५औं विस्तारित काउन्टर हो, जुन ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यले उद्घाटन गरिएको हो ।
 
यस बैंकले सो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाईनान्स लिमिटेडलाई प्राप्ति गर्नुका साथै काठमाडौंको मुटुमा शाखा स्थापना गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरू अनि यो विस्तारित काउन्टरसँगै यसको कुशलतामा आधारित सञ्चालन अझै प्रभावकारी हुने दाबी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस