aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंकहरुले उत्पादन बढाउने परियोजनामा कर्जा लगानी गर्न चाहेका छन्: केसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले उत्पादन बढाउने परियोजनामा कर्जा लगानी गर्न बैंकहरुले चाहेको बताएका छन् । नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपालःस्वदेशी समिट २०२३’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका केसीले भने, ‘नेपालले उत्पादनमुखी अर्थतन्त्रलाई नै ध्यान दिनु पर्ने हुन्छ । बैंकहरुले पनि यसै क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले आयातमा भन्दा पनि आन्तरिक उत्पादन बढाउने परियोजनामा कर्जा लगानी बढाउन चाहेका छन् ।’ 

त्यस्तै, उनले राष्ट्र बैंकले लचिलो नीति ल्याएपछि करोडौँ डलर पैसा ल्याएको र आगामी दिनमा १५ करोड डलर ल्याउने तयारी भइरहेको समेत बताए । बैंकिङ कसुर सम्बन्धि कानुनले गर्दा बिना धितो कर्जा लगानी गर्न नसकिएको समेत उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस