aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई कम्पनीको ४९ लाख कित्ताबढी बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ जेठ २०८०
दुई कम्पनीको ४९ लाख कित्ताबढी बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले नेपाल बैंक र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको ४९ लाख ९२ हजार ३०८ दशमलव ४३८३ कित्ता शेयर सूचीकृत गरेको हो ।

 नेप्सेका अनुसार नेपाल बैंकको २ प्रतिशत बोनसपछिको २८ लाख ८१ हजार १८० दशमलव ९६६३ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ लाख ११ हजार १२७.४६९ कित्ता शेयर सूचस्कृत भएको नेप्सेले जनाएको छ । उक्त बोनस शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेपाल बैंकले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस