aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज अमेरिकी डलरको भाउ बढ्दा बेलायती पाउण्ड भने घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ जेठ २०८०
आज अमेरिकी डलरको भाउ बढ्दा बेलायती पाउण्ड भने घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस