aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको कास्की मोडेल हस्पिटलमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ जेठ २०८०
मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको कास्की मोडेल हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल”सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सम्झौता गरेको हो । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेरिनबाट  निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस