aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युरिफायर प्रदान गरेको हो । 

उक्त फिल्टर बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए।  

सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पुर्याउने क्याम्पसका अध्यक्ष विष्णुु प्रसाद सापकोटाले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

साथै यसअघि बैंकले सुदूूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस