aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंक खाता खोल्न अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
बैंक खाता खोल्न अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने !

काठमाडौं । सरकारले बैंक खाता खोल्न अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्था गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । 

नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी तीन वर्षभित्र जग्गाधनी प्रमाणपत्र पुर्जा, बैंक खाता र स्थायी लेखा नम्बर र सवारी चालक अनुमति पत्र लिँदा अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने छ ।’  
 

प्रतिक्रिया दिनुहोस