
काठमाडौं । सनराइज बैंकले कुल १५ दशमलव ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ५ दशमलव ८ प्रतिशत नगद लाभांश दिएको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । बैंकको हाल चुक्ता पँुजी ८ अर्ब १५ करोड २५ लाख छ । १० प्रतिशत बोनस शेयर वितरण पछि पँुजी ८ अर्ब ९६ करोड ७८ लाखभन्दा बढी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस