
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १५ दशमलव ४८४३३ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त बोनसमा लाग्ने कर बापतको रकम प्रभु बैंक कमलादीकोे खाता नम्बर १३५००१०००२८४२९००००५४ मा जम्मा गर्न अनुरोध गरेको छ ।
कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्मा सूचिकरण भएपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने र भौतिक रुपमा शेयर धारण गर्ने शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस