
काठमाडौं । पछिल्लो समय बैंक तथा वत्तीय संस्थाहरुको खराब कर्जामा व्यापक रुपमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जामा १४१ प्रतिशत भन्दाबढि वृद्धि भएको हो । हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको नाै महिना अर्थात चैतमसान्तसम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये वित्तीय विवरण सार्वजनिक गरेका संस्थाहरूमा चार वटा लघुवित्तको नाफा बढेको छ भने ४० वटा संस्थाको नाफा घटेको छ । यस अवधिमा नौ वटा लघुवित्त कम्पनीहरु नोक्सानीमा रहेका छन् । यसरी ती संस्थाको नाफा घट्नुमा खराब कर्जाको ठुलो योगदान रहेको देखिन्छ ।
१४१.५४ प्रतिशतले बढ्यो खराब कर्जा
गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा १४१.५४ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत मसान्तसम्ममा यी कम्पनीहरूको औसत खराब कर्जा ६ दशमलव ८६प्रतिशत पुगेको छ । गत आवको चैत मसान्तसम्म उक्त लघुवित्त कम्पनीहरूको औसत खराब कर्जा २ दशमलव ६४ प्रतिशत रहेको थियो ।
नाफा कमाउने चार कम्पनी
चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार चार वटा लघुवित्त कम्पनीहरुले ३.२० प्रतिशतदेखि २२.८१ प्रतिशतसम्म नाफा कमाएका छन् । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ ।
उक्त कम्पनीले तेस्रो त्रैमाससम्म ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको नाफा २२.८१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले ७१ करोड ७१ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, यस अवधिमा आरएसडिसी लघुवित्तले २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको नाफा ३.२० प्रतिशतले बढी हो । त्यस्तै समिक्षा अवधिमा साना किसान लघुवित्तको नाफा १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने फस्र्ट माइक्रोफाइनान्सको नाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
नोक्सानीमा रहेका १० लघुवित्त कम्पनी
तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नोक्सानीमा रहेका कम्पनीहरूमा लक्ष्मी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सामुदायिक लघुवित्त, वीन नेपाल लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, गुराँस लुघवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त, आरम्भ चौतरी लुघवित्त र खप्तड लघुवित्त रहेका छन् ।
लक्ष्मी लघुवित्त ९ करोड १७ लाख, मनकामना स्मार्ट लघुवित्त ४२ लाख ५२ हजार, सामुदायिक लघुवित्त ३ करोड ९४ लाख, वीन नेपाल लघुवित्त वित्तीय संस्था २ करोड ४० लाख, मानुषी लघुवित्त वित्तीय संस्था ३ करोड ४७ लाख, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था ३ करोड ९२ लाख, गुराँस लुघवित्त वित्तीय संस्था ५४ लाख ९१ हजार रुपैयाँ, धौलागिरी लघुवित्त ४१ लाख, आरम्भ चौतारी लुघवित्त ५६ लाख र खप्तड लघुवित्त ८९ लाख ३६ हजार रुपैयाँले नोक्सानीमा रहेका छन् ।
दुई कम्पनीको खराब कर्जा घट्यो
वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त कम्पनीमध्ये दुई कम्पनीको खराब कर्जा घटेको छ । यस अवधिमा सपोर्ट लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा घटेको वित्तीय विवरणले देखाएको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४.१४ प्रतिशत खराब कर्जा रहेको सर्पोट उत्थान लघुवित्तको खराब कर्जा चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा ०.८९ प्रतिशतले घटेर ३.२५ प्रतिशत पुगेको छ ।
त्यस्तै चैत मसान्तसम्म किसान लघुवित्तको खराब कर्जा २.४४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा संस्थाको खराब कर्जा ८ं४० प्रतिशत रहेकोमा चालु आवको तेस्रो त्रैमासम्म आइपुग्दा ५.९६ प्रतिशतमा पुगेको छ ।
सर्वाधिक खराब कर्जा बढेका छ कम्पनी
उक्त हालै सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा सर्वाधिक रूपमा खराब कर्जा बढ्ने कम्पनीहरूमा इन्फिनिटी लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य, जनउत्थान सामुदायिक लघुवित्त, स्वावलम्बन लघुवित्त र निर्धन उत्थान लघुवित्त रहेका छन् ।
गत आवको सोही अवधिमा ३.६९ प्रतिशत खराब कर्जा रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चालु आवको चैत मसान्तसम्म आइपुग्दा १४.०४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको खराब कर्जामा १०.१५ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, यस अवधिमा सामुदायिक लुघुवित्तको खराब कर्जा ९.५१ प्रतिशत, उन्नति सहकार्यको ८.६२ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ८.२१ प्रतिशत, स्वावलम्बन लघुवित्तको ८.४६ प्रतिशत, निर्धन उत्थानको ८.७६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस